Admission Open for GCE A level for 2019. Click here.

कसमस द्वारा मनोवैज्ञानिक परमर्श सम्पन्न

कसमस द्वारा मनोवैज्ञानिक परमर्श सम्पन्न
पोखरा, ५ चैत ।
पोखरा पालिखे चोकमा रहेको कसमश इन्टरनेशल कलेजले विहिवार एक दिने मनोवैज्ञानिक परामर्श कार्यक्रम सम्पन्न गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थी र अभिभावकहरुलाई दिइएको परमर्श कार्यक्रममा डा. गेहेन्द्रमान उदाशले सहजीकरण गर्नु भएको थियो ।
सो अवसरमा डा. उदाशले शैक्षिक र जिवनशैली विकासका बारेमा वौल्दै किशोर अवस्थामा किशोर किशोरीहरुले वर्तमान युग सुहाँउदो समयलाई ग्रहण गरि कसरी आफ्नो जिवन शैलीलाई परिवर्तन गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराउनु भएको थियो । डा.उदाशले अभिभावक र विद्यार्थी विचको सम्वन्धलाई कसरी समुधुर गर्न सकिन्छ र उनीहरुमा अध्ययन गर्ने क्षमतामा वृद्धी गर्न सकिन्छ भन्ने वारे समेत परामर्श दिनुभएको थियो । किशोर अवस्थामा दुइ धारमा बगेको जिवनलाई कसरी सफल बनाउन सकिन्छ भन्ने बारेमा विद्यार्थीहरुलाई स्पष्ट रुपमा विद्यार्थीहरुलाई जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा कलेजकका कार्यकारी निर्देशक तेज गुरुङ्गले आफ्ना धारणा राख्दै वर्तमान परिवेशमा विद्यार्थी वा आफ्ना सन्तानलाई सहि मार्गमा डोर्याउन केही असहज अवस्था रहे पनि अभिभावक र शिक्षण संस्थाहरुहरु थोरै मात्रै संम्वेनशिल भए भने अथाह सफलता प्राप्त प्रशस्त अवसरहरु रहेको वताउनुभयो ।
सो अवसरमा अभिभावकका तर्फ वाट बिष्णु गौतम, कलेजका एकाडेमिक कोर्ओडिनेटर, विद्यार्थी एलिशा पराजुली लगाएतले कार्यक्रमको सान्र्दभिकता र यसले जिवनका हरेका पक्षमा पार्ने भूमिकाका बारेमा वोलेका थिए । कार्यक्रममा अभिभावक र विद्यार्थी गरि करिव १ सय ४० जनाको उपस्थिती रहेको थियो ।
कसमस कलेज

About The Author

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *